२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त



४ भदौ । कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदमा नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेको हो । संसदीय सुनुवाई समितिको आजको बैठकले प्रधानन्यायाधिशमा उनको नाम सर्वसम्मत अनुमोदन भएको थियो ।

सन् १९५९ अक्टोबर १६ मा सिलगढी डोटीमा जन्मनु भएका श्रेष्ठले सन् १९८४ देखि सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए ।

श्रेष्ठले सन् २००४ मा गोरखा दक्षिणबाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिणबाहु चौथो प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ३ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।