२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारको स्थायीत्वका लागि मैले पद त्याग गरे : मन्त्री मोदी



५ भदौं  । पुर्वमन्त्री अमनलाल मोदीले सरकारको स्थायीत्वका लागि आफूले पद त्याग गरेको बताएका छन् ।

काठमाडौंमा थारु समुदायले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । पछिल्लो समय सहजै पद त्याग गर्ने परिपाटी हराउँदै गएको बताउँदै उनले भने, ‘अहिले हराउँदै गएको त्यागको परिपाटीलाई जागृत गराउनका लागि मैले सहजै पद त्याग गरे ।’

सरकारको स्थायीत्वलाई ध्यान दिँदै आफुले पद त्याग गरेको उनको भनाई थियो । ‘सरकारको स्थायीत्वका लागि कसै न कसैको त्याग आवश्यक थियो, त्यो त्यागको लागि म अगाडि सरे, मैले आफैँले सहज तरिकाले पद छाडेको हुँ’ कार्यक्रमका पुर्ववक्ताहरुले मन्त्रीबाट मोदीलाई फिर्ता बोलाएकोप्रति असन्तुसष्टि पोखेपछि थप प्रष्ट्याउँदै उनले थपे, ‘सरकार सुशासन कायम गर्ने दिशामा अगाडि बढिरहेको छ, यो कुरा कैयन् राजनीतिक दल र शक्ति
केन्द्रलाई चित्त बुझिरहेको छैन ।
सरकारलाई अप्ठ्यारो पार्ने गतिविधि बढिरहेको छ । सरकारलाई मजुसद बनाउनका लागि प्रधानमन्त्रीलाई सहजता पैदा गराउनका लागि मैले पद त्याग गरेको हुँ ।’

राजनीतिक रुपमा जिम्मेवारी आउने र जाने प्रक्रिया स्वभाविक भएको समेत उनको भनाई थियो । उनले थपे ‘जसले पदलाई सधैँ रहन्छ भन्ने सोच्छ, त्यो भुल हुन्छ । पदमा
रहँदा देश र जनताको पक्षमा काम गरे कि गरेनन्,

यो चाहिँ महत्वपुर्ण कुरा हो । मैले मेरो विवेकले भ्याएसम्म देश र जनताकै पक्षमा दुरगामी निर्णयहरु गरेँ ।’

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।