१३ भदौ । विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा मुछिएका राहुल महरामाथि अनुसन्धनका लागि सिआईबीले पाँच दिनको समय पाएको छ ।
काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलमाथि हिरासतमा राखी अनुसन्धानका लागि बुधबार पाँच दिनको अनुमति दिएको हो।
राहुलमाथि सिआईबीले संगठित अपराधमा अनुसन्धान अघि बढाएको छ। राहुललाई बुधबार दिउँसो पक्राउ परेका थिए।
भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा उनको नाम जोडिएको थियो। चिनियाँ व्यापारी दावासँग राहुलको पटक टक टेलिफोन सम्पर्क भएको सिआइबीको अनुसन्धानबाट खुलेको थियो।
तस्करीमा संलग्न व्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध हुँदै आएको थियो।








प्रतिक्रिया