२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर देविचौरका घिमिरे झण्डै ११ लाख ठगी आरोपमा पक्राउ



२२ भदौं । ललितपुरको गोदावरी ७ देविचौरका एक युवक रु १० लाख ९५ हजार पाँच सय रकम गरेको आरोपमा पक्राउ परेका छन् ।
ललितपुर गोदावरी नगरपालिका ७ घर भई हाल काठमाडौँ गोठाटार बस्ने २२ वर्षीय सुशन घिमिरेलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार घिमिरेलाई अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रु १० लाख ९५ हजार पाँच सय रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोग लगाइएको छ ।

उनका अनुसार पक्राउ परेका घिमिरेले अनलाइन पेजमार्फत विभिन्न डिजाइनका गरगहना तथा अन्य सामान बिक्री गर्ने गरेकामा सामाजिक सञ्जाल इन्स्ट्राग्राममा झुट्टा रिसिप्ट पठाई पीडितलाई झुक्यानमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको छन् ।

पक्राउ परेका घिमिरेलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ४ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।