४ असोज । विद्यालय शिक्षा विधेयकको विरोधमा आज दोस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । काठमाडौंको माइतीघर–बानेश्वरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरू र प्रहरीबीच घम्साघम्सी चलिरहेको छ ।
नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो । आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ । हिजोदेखि सुरु भएको काठमाडौंकेन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने बताइएको छ ।
शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । विद्यार्थीहरू विद्यालय पुगेर फर्किएका छन् । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ ।
जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।







प्रतिक्रिया