२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सर्वोत्कृष्ट चलचित्र घोषणा नगरेको भन्दै पाटन उच्च अदातलमा रिट दायर



काठमाडौँ
 ४ असोज । चलचित्र विकास बोर्डले गत १२ भदौमा सम्पन्न गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान २०८०’ मा सर्वोत्कृष्ट चलचित्र घोषणा नगरेको विषय अदालतमा पुगेको छ ।
चलचित्र निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र मीनराज आचार्यले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।
चलचित्र विकास बोर्डलाई प्रतिवादी बनाएर दायर गरिएको रिटमा राष्ट्रिय पुरस्कारमा निर्णायकले गरेको निर्णयको सक्कल प्रति झिकाउनुपर्ने र सर्वोत्कृष्ट चलचित्र घोषणा नगर्न पर्ने कारण देखाउन भन्दै परमादेशको माग गरिएको छ । रिट दायर गरेका निर्देशक राउतले सर्वोत्कृष्ट चलचित्र घोषणा नगरिनु दुःखद् रहेको बताए ।
राउतले भने, “सर्वोत्कृष्ट विधामा चलचित्र घोषणा नगरिएको विषयमा धेरै चलचित्रकर्मी रुष्ट हुनुहुन्छ । हामी प्रतिनिधि झैँ भएर कारण जान्न रिट दिएका हौँ । किनकि हामी चुप रहँदा गलत परम्परा विकसित हुन्छ । कोही न कोही अगाडि आउनुपथ्र्याे, हामी आयौँ ।”
उनीद्वारा निर्देशित चलचित्र ‘प्रकाश’ राष्ट्रिय पुरस्कारका लागि सिफारिस भएको चर्चा निर्णायक समितिका एक सदस्यले गरेका थिए । यद्यपि निर्देशक राउतले रिट दायर गर्नुको कारण आफ्ना लागि नभई उक्त विधामा न्यायका लागि रहेको प्रस्ट्याए ।
निवेदकतर्फका कानून व्यवसायी रौनकराज अर्यालले शुक्रबार बिहान ११ बजे अदालतमा छलफलमा बोलाएको जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ६ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।