३० फागुन । एनआईसी एसियाबाहेक १७ वटा वाणिज्य बैंकले भोलि चैत १ गतेदेखि मुद्दती बचतको ब्याजदर थप घटाउने भएको छ । एनआईसी एसियामा गएको महिना उच्च दरमा निक्षेप झिकिएको कारण बैंकले ब्याजदर बढाएर प्रस्ताव गरेको हो । एनआईसी एसियाले फागुनमा मुद्दतीमा अधिकतम आठ प्रतिशत ब्याज दिएकोमा चैतमा आठ दशमलव ५४ प्रतिशत दिने भएको छ ।…