लपु संवाददाता २२ वैशाख ०७६,पुल्चोक । वर्षा र सहकालका देवता मच्छिन्द्रनाथको मूर्तिलाई आइतबार साँझ पुल्चोकस्थित नवनिर्मित रथमा रथारोहण गरिएको छ । पाटनको मच्छिन्द्र वहालस्थित मन्दिरबाट गुरुजुको पल्टन सहित धिमेबाजा सहितको टोलीले रथारोहण गराएको हो । यहि वुधबार पुल्चोकबाट रथ यात्रा शुरु हुनेछ । रथारोहणपछि गुरुजुको पल्टनले बन्दुक पड्काएर बढाई गरेको थियो । रथारोहण हेर्न पाटनलगायत…