ललितपुर खबर २४ माघ । पाटन दरवारस्थित विश्वनाथ महादेवको मन्दिरमा रहेका विभिन्न देविदेवताको मूर्तिमा अपमानपूर्ण तरिकाबाट रंग दलेको भेटिएको छ । दरवारमा सोमबार ती मूर्तिहरुमा रंग दलिएको अवस्थामा फेला परेपछि स्थानीयहरु स्तव्ध बनेका छन् । मन्दिरको पछाडि तर्फको प्रवेशद्वारमा रहेको भिमसेनको मूर्तिको शिरमा र कुवेरको मूर्तिको आँखामा सेतो रंग दलिएको छ । मन्दिरको काठमा कुँदिएको…