२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


घुमौ शनिबार : राजधानीका १० गन्तव्य




ललितपुर खबर
तपाईलाई फुर्सदमा घुम्न मनपर्छ ? कहाँ जाने अनि कसरी जाने भन्ने दोधारमा हुनुहुन्छ ?
नजिकको तिर्थ हेला भने झैं हामी हाम्रै वरपरको रमाइला ठाँउ छोडेर धेरै खर्च गरेर टाढा टाढा घुम्न जान्छौं । घर नजिकै एक दिनमा घुम्न सकिने गन्तव्य हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्छन् । समय र खर्चको हिसावले पनि नजिकको गन्तव्य परिवारिक घुमघाममा लागि उपयुक्त हुन्छन् ।
राजधानीमा घुम्नलायक थुप्रै गन्तव्य छन् ।


१.गोदावरी
एकदिने यात्राका लागि गोदावरी उपयुक्त स्थल हो । यहाँ बोटानिकल गार्डेन घुम्न पाइन्छ । गोदावरीमा जंगलको बाटो घुम्दा पनि रमाइलो छ । यहाँ पञ्चदेवल गोदावरी कुण्डलगायत रमाइला ठाँउ छन् । नजिकका गाँउ घरतिर जाँदा पनि हुन्छ । फुल्चोकीजंगलतिर टहलिने ठाँउ पनि छ । तर धेरै टाढा नजानुस् हराइन्छ ।

लेले काभ्रेस्थित मनकामना मन्दिर । तस्विर : ललितपुर खबर

२.लेले मनकामना
दक्षिण ललितपुरको लेले मनकामना पनि अर्को घुम्नलायक पर्यटकीय स्थल हो । लेले बसपार्क नजिकै महादेव मन्दिर, तिलेश्वर र सरस्वती कुण्ड घुमेर १ किलोमिटर टाढा रहेको मनकामना मन्दिर जान सकिन्छ । फुल्चोकी जंगलको फेदीमा रहेको मनकामना मन्दिरसँगै फुल्चोकी माईको मन्दिर पनि छ । फर्कदा लेले फैडोलमा रहेको पिआइए पार्क घुम्न सकिन्छ । यहाँ २०४९ असार १६ गते ललितपुरको भट्टेडाँडामा भएको पाकिस्तानी हवाईजहाज दुर्घटनामा मृत्यु भएका मृतकहरुको सम्झनामा पार्क बनाइएको छ ।

३.दक्षिणकाली

एकातिर मन्दिरको दर्शन अर्कोतर्फ विदा मनाउने बाहाना । दक्षिणकालीको यात्रा तपाईका लागि रोमाञ्चक हुनसक्छ । दक्षिणकाली पारिवारिक यात्राका लागि उपर्युक्त गन्तव्य हो । दक्षिणकालीमा जंगल छ । यहाँका पाखा पखेरामा सुस्केरा हाल्दै घुम्न सकिन्छ ।
समय निकालेर फपिङ जलविद्युत आयोजनाको ड्याम हेर्न जाँदा राम्रो हुन्छ । समय छ भने जलविद्युतको पावरस्टेशनसम्म जाँदा रमाइलो हुन्छ । तर १६ मिनेट ओरोलो जानुपर्छ । आधा घण्टा उकाला चढ्नु पर्छ । राणाकालमा बनेको नेपालकै पहिलो जलविद्युत आयोजनाको अवलोकन गर्दा इतिहाँसबारे बुझने अवसर पाइन्छ ।

 

४.स्वयम्भू
स्वयम्भू पनि एक दिनको यात्रा गर्न उपर्युक्त गन्तव्य हो । स्वयम्भू पुगेर भगवानपाउबाट स्वयम्भू डाँडा उकालो लागेपछि यहाँबाट राजधानीका विभिन्न ठाँउ देखिन्छ । यहाँ बाँदरहरु हेर्न विभिन्न मठ मन्दिर घुम्न र तस्विर खिचाउन पाइन्छ ।
यहाँ घुम्नका लागि जंगल पनि छ । चारतिरबाट बाटो रहेकाले जहाँ बाट पनि आन र आउन सकिन्छ ।

५. पशुपतिनाथ
पशुपतिनाथ रमाइलो छ । यहाँ प्राकृतिक रुपमै घुम्नलायक छ । खोलानाला जंगल शहर र मठ मन्दिर छन् । पशुपतिको बनकालीमा बाँदर, पालेका मृग र साँडेहरु छन् । बच्चाहरुलाई जंगलको बाटो हुँदै लैजान सकिन्छ ।
साँझपख पशुपतिमा आरती हुन्छ । यहाँबाट सूयास्त पनि सुन्दर देखिन्छ । यहाँ जागीसँग भेट्न र फोटो खिचाउन पाइन्छ । पशुपति ठूलो छ । घुम्दा घुम्दै दिन वितेको पत्तै हुँदैन ।

६.चिडियाघर
वलवालिकाहरुसँग ललितपुरको जावलाखेलस्थित चिडियाघर घुमेर विदा मनाउन सकिन्छ । चिडियाघरमा देशभरका विभिन्न ठाँउहरुबाट उद्दार गरेर नयाँ नयाँ जनावर ल्याएर राखिएको हुन्छ । यहाँ हप्ता दिनसम्म जंगल सफारी गर्दा पनि नदेखिने थुप्रै जीव जन्तु र चराचुरुंगी देख्न पाइन्छ ।
यहाँको पोखरीमा ढुंगा चढ्न पाइन्छ । पोखरीको डिलमा बसेर हाँस तैरती गरेको हेर्दै दिन विताउन सकिन्छ । चिडियाघरमा बच्चाबच्चीका लागि विभिन्न खेल खेल्न पाउछन् । उनीहरुलाई हात्ती चढाएर नौलो अनुभूति गराउन सकिन्छ ।

७.फनपार्क
हुन त फनपार्क बच्चाहरुका लागि घुम्ने गन्तव्य हो । तर उनीहरु रमाएको हेर्न र आफूले पनि साथ दिदा अर्कै आनन्द पाइन्छ । सधैको भागदौडको जीन्दगीबाट केही समय निकालेर उनीहरुसँग रमाउदा सरिरमा नयाँ उर्जा भरिन्छ ।
फनपार्कका लागि राजधानीमा विभिन्न गन्तव्य छन् । काठमाडौंको भृकुटी मण्डप यसको उपयुक्त गन्तव्य हुनसक्छ । यहाँ रोटेपिङलगायत रमाइला धेरै खेल खेल्न पाइन्छ ।
काठमाडौंको चोभारस्थित होपिल्याण्डमा पनि फन पार्क छ । भक्तपुरको साँगामा पनि फन पार्क छ । तर यो वाटर फनपार्क हो । यहाँ पानीसँग खेल्न पाइन्छ । गर्मी याममा मात्रै खुल्छ । अलि महँगो छ ।

८.चन्द्रागिरी
एक दिन रमाउन चन्द्रागिरी अर्को विकल्प हो । यो ठाँउ घुम्न अलि महँगो छ । तर भरपूर मनोरञ्जन लिन सकिन्छ । थानकोटबाट केबुलकार चढेर जाँदा महँगो पर्छ । आफ्नै सवारी हुनेले सझिलै मोटर चढेर चन्द्रागिरी जान सक्छन् ।
मौसम खुलेको मौका पारेर चन्द्रगिरी जाँदा झन् रमाइलो हुन्छ । चन्द्रागिरी हिल्सले सञ्चालन गरेको पार्कमा घुम्न पैसा पर्दैन । तर यहाँका क्याफे साह्रै महँगो छ । यहाँ पानी पनि धेरै महँगो हुन्छ । खाजा घरकै लैजादा राम्रो र स्वस्थ हुन्छ । खाजा खान पनि दुई चार हजार लाग्छ यहाँ ।

९.बज्रवावाही
पिकनिक जानेहरुको राम्रो गन्तव्यको रुपमा परिचित बज्रवाराही एक दिन घुम्नका लागि सही गन्तव्य हो । जंगलको बीचमा रहेको गजुर नभएको बज्रवाराहीको दर्शन गरेर जंगल घुम्न सकिन्छ । यहाँ खुला समथर चौर पाखापखेरा र खोला पनि भेटिन्छ ।
बज्रवाराही घुमेर समय निस्किए ४५ मिनेट टाढाको गन्तव्य सन्तानेश्वर डाँडा पनि जान सकिन्छ । यहाँबाट राजधानी साह्रै रमाइलो देखिन्छ ।

१०.टौदह
काठमाडौंका टौदह अर्को घुम्नलायक रमाइलो गन्तव्य हो । यहाँका पोखरीमा रंगीन माछा पाइन्छन् । बेला बखत पोखरीमा सपै पौडेर बगेको देख्न पाइन्छ भने पोखरीको ढुंगामा कछुवाले घाम तापेको देखिन्छ । सिजनमा थुप्रै जलेवालगायतका चराचुरुंगी आउने यस पोखरीको चारै तिर फुटपाथ बनाइएकोले हिड्न सझिलो छ ।
टौदह चोभार नजिकै रहेकोले बाँकी समय मञ्जुश्री पार्कमा बरालिन सकिन्छ । चोभारबाट वागमती उपत्यकाबाट बाहिरिदै गरेको दृश्य हेर्नलायक देखिन्छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ८ : २७ बजे