१७ मंसिर । काठमाडौंमा यौन व्यावसाय सञ्चालन गर्ने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका ४४ वर्षीय सेते कार्की, सल्यानका २५ वर्षीय शिवराज परियार र नुवाकोटका ३० वर्षीय अमृत रोक्का रहेका छन् । उनीहरु अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा पक्राउ परेका…