२२ जेठ । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आफ्नो पहिलो खेल नेपालले आज खेल्दैछ । समूह'डी' मा रहेको नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सबीचको खेल अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुनेछ । खेल नेपाली समयअनुसार राति ९:१५ बजेबाट हुने तालिका रहेको छ । सन्…