काठमाडौं कुशल भुर्तेलले स्कटल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आइसीसी एकदिवसीय विश्वकप लिग(२ अन्तर्गतको खेलमा नेपालले पाएको २९७ रनको लक्ष्य पछाउने क्रममा भुर्तेलले ४१ बलमा अर्धशतक पुरा गरेर आउट भएका छन् । एकदिवसीय क्रिकेटमा भुर्तेलको यो नवौं अर्धशतक हो । नेपालले यो समाचार तयार गरुन्जेल १३ ओभरमा २ विकेट गुमाउदै ७८ रन बनाएको छ ।…