२३ फागुन ०७६, काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । राखेप…