काठमाडौं। नागढुङ्गा चेकपोइन्टमा प्रहरीले ७ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। आज बिहान करिब साढे ६ बजे चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गा स्थित चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१–००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण…