ललितपुर । माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग यस वर्ष दोब्बरले बढेको उत्पादकहरूले बताएका छन्। विशेषगरी ललितपुरको पाटन क्षेत्रमा परम्परागत रूपमा चाकु उत्पादन गर्ने कारखानाहरूमा यतिबेला चाप बढेको छ। पाटनस्थित परम्परागत चाकु उत्पादक सुरेन्द्र जोशीका अनुसार पर्वको रौनकसँगै बजारमा माग तीव्र बनेपछि कारखानामा उत्पादन बढाइएको छ। “माघे सङ्क्रान्ति नजिकिँदै जाँदा चाकुको माग…