काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २७ असनमा पुननिर्माण सम्पन्न गरिएका सांस्कृतिक सम्पदाहरुको उद्घाटन गरिएको छ । यिताचपा सत्तल, गणेश मन्दिर, नारायण मन्दिर, उमा महेश्वर मन्दिर, डवली र भोटाहिटीमा रहेको कलश द्वारको महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा २७ का अध्यक्ष योगेशकुमार खड्गी र वातावरण समितिका संयोजक एवं वडा…