१९ भदौं ०७७,भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायकका कोरोना भाइरसबाट सङ्क्रमित एक पुरुषको घरमा वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले नौ जनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका छन् । करिव ४९ वर्षीय पुरुषमा गतबुधबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेशनमा राखिएको थियो । यसपछि श्वासप्रश्वासमा समस्या आएपछि हाल उनीको पाटन अस्पतालमा उपचार भइरहेको छ…