ललितपुर । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनले ललितपुर महानगरलाई ‘युनेस्को संगीतको रचनात्मक सहर’ को रुपमा शनिबार घोषणा गरेको छ । विश्व सहर दिवस २०२५ को अवसरमा राष्ट्रसंघीय नियोगले उक्त घोषणा गरेको हो । ‘यो प्रतिष्ठित सम्मानले हाम्रो सहरको जीवन्त सांगीतिक सम्पदा र दिगो सहरी विकासको आधारको रुपमा सिर्जनशिलतालाई अगाढि बढाउने अटुट प्रतिबद्धतालाई मान्यता…