१७ माघ ०७६, काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) भनी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ‘नेपाल प्रहरीको सई हुँ, एयरपोर्टमा कार्यरत छु’ भन्दै सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका लक्ष्मण गिरीलाई ठगी गर्ने रामेछापका २६ वर्षीय राजु कार्कीलाई बिहीबार साँझ कलङ्कीबाट पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक…