ललितपुर ललितपुर महानगरपालिका १४ महालक्ष्मीस्थानमा अपरिचित पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार महालक्ष्मी स्थानमा अन्दाजी ५१ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।