ललितपुरको कुपण्डोल सडकमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको निधन भएको छ । ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका १ कुपण्डोलस्थित सडकमा बाग्मती प्रदेश ०१–००३ क ९२४८ नम्बरको ट्याङ्करको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको बुधबार बेलुकी मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा…