१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


प्युटारको विद्यालय हस्तान्तरण


४ फाल्गुन २०७५, शनिबार  

0
Shares

ललितपुर खबर
ललितपुर
४ फागुन २०७५


सुदुर दक्षिण ललितपुरको प्युटारमा भुकम्पपछि बनाइएका कालीदेवि माविको भवन हस्तान्तरण गरिएको छ । प्रदेश सासंद चेतनाथ संञ्जेल र वागमती गाँउपालिकाका प्रमुख बीर बहादुर लोप्चनले संयुक्त रुपमा शुक्रबार विद्यालयपरिसरमा ताम्रापत्र अनावरण गरेपछि विद्यालय हस्तान्तरण गरिएको थियो ।
विद्यालयको भवन जाइकाले निर्माण गरेको भन्ने हल्ला चले पनि जाइकाको प्राविधिक सहयोग मात्रै विद्यालयलााई प्राप्त भएको विद्यायलयका प्रधानाध्यापक ठाकुर लामाले ललितपुर खबरलाई जानकारी दिए । उनले भने ‘विद्यालयको भवन बनाउन नेपाल सरकारले वजापान सँग ऋण लिएको हो । लगानी त नेपाल सरकारकै हो ।’
भुकम्पबाट भवन क्षतिग्र्रस्त भएपछि टेन्टमा कक्षा संचालन भइरहेको थियो । विकट पहाडी क्षेत्र प्युटारमा पढ्न भट्टेडाँडा,आश्राङ्ग,इकुडोल लगायत वरपरका गाँउ रहेको मकवानपुर जिल्लाबाट समेत विद्यार्थी आउछन् ।
अविभावक दिवस पारेर विद्यालय हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो ।
जिल्ला स्तरिय योजना कार्यान्वयन इकाइको अनुसार यो भवनहरु बनाउन ५ करोड ९० लाख खर्चे भएको छ । भवन निर्माणपछि विद्यार्थीको सिकाईमा सकारात्मक प्रभाव पर्ने प्रधानाध्यापक ठाकुर लामाले ललितपुर खबरसँग तर्क गरे ।
हालै स्कुल परिसरमा ४ वटा नयाँ सुविधासम्पन्न भवनहरु ीनर्माण भएका हुन् । जसमध्ये ६ ६ वटा कक्षा कोठा भएका २ वटा ठूला भवन छन् । सँगै विज्ञान प्रयोगशाला,पुस्तकालय,संगीत र कलाको लागि हल,इसिडी कक्षाका लागि अर्को भवन छ ।

 

दृश्य ः ठाकुर लामा

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  १० : ३४ बजे