६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेलाम्ची आउनुअघि नै महानगरमा पानी वितरण


६ फाल्गुन २०७५, सोमबार  

0
Shares

ललितपुर खबर
ललितपुर
६ फागुन २०७५


मेलाम्चीको पानी कहिले आउने हो कुनै टंगो छैन तर ललितपुर महानगरबासीले भने तत्कालै खानेपानी पाउने भएका छन् । ललितपुर महानगरभित्र ५ वटा डिप बोरिङ्गमार्फत पानी वितरण गर्न लागिएको हो ।
ललितपुरको ठेचो,सुनाकोठी,धापाखेल,खुमल्टार,नखिपोटमा स्थापना हुने डिप बोरिङ्ग प्लाण्टबाट निकालिएको पानी पाटन आसपासका शहरी क्षेत्रमा वितरण हुनेछ ।
२ करोडको बजेट खर्चेर ललितपुरको २७ र २६का बासिन्दालाई वितरण गरिनेछ । पानी वितरणपछि १० हजार स्थानीयले सुविधा पाउनेछन् ।
गोदावरी नगरपालिकाको ठेचोमा काम पानी झिक्ने काम शुरु हुनै लागेको छ । धापाखेलमा काम भएको छ । डिप बोरिङ्ग काम शुरु गर्न सुनाकोठीमा सासंद पम्फा भुसालले भर्खरै शिलन्यास गरेकी छिन् । खुमल्टारमा भने काम सकिएर पानी आउन थालेको छ । नखिपोटमा सम्पन्न हुन बाँकी नै छ ।
सुनाकोठीमा भने उपत्यकाकै सबैभन्दा गइराई ३८० मिटरबाट डिप बोरिङ्गबाट प्रविधिबाट पानी निकाल्न लागेको प्रदेश सांसद राजकाजी महर्जनले जानकारी दिए ।

तस्विर ः राजकाजी महर्जन

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ११ : ४५ बजे