४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


शंखुमा अस्पताल बन्ने


१४ फाल्गुन २०७५, मंगलबार  

0
Shares

ललितपुर खबर
शंखु, ललितपुर
१४ फागुन २०७५


कोञ्जोसोम गाँउपालिकाको शंखुमा पाँच शैयाको अत्याधुनिक अस्पताल बन्ने भएको छ । एशियाली विकाश बैंकको ऋण सहयोयमा पुर्ननिर्माण प्राधिकरणले निर्माण गर्ने यस अस्पतालमा ३ जना विशेषज्ञ डााक्टर सहित नर्स अहेव गरी १५ जना स्वास्थ्यकर्मीले सेवा दिने जनाको दरवन्दी रहने कोञ्जोसोम गाँउपालिका वडा नं. २ का अध्यक्ष ध्रुवकुमार घिमिरेले ललितपुर खबरलाई जानकारी दिए ।
अस्पताल निर्माणपछि चौविसै घण्टा एमजेन्सी सेवा संचालन हुनेछ । देशभरका गाँँउपलिकामा लगानी भए मध्ये स्वास्थ्य क्षेत्रमा सबै भन्दा ठूलो बजेट यही परेका छ । वहुवषर््िाय योजना रहेको यो अस्पताल निर्माणका लागि ४ करोड असी लाख वजेट छुट्याइएको छ । अर्को बर्ष १० करोड बजेट लाग्नेछ ।
अस्पताल संचालननमा आएपछि शंखु इकुडोल भट्टेडाँडा वरपरका १० हजार परिवार लाभावित हुनेछन् । स्यालभञ्ज्याङ्गमा रहेको ४ रोपनी जग्गामा अस्पताल बनाइनेछ । अस्पातको लागि नपुग जग्गा स्थानीयबाट लिनन सकिने घिमिरे बताउछन् ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ७ : ३६ बजे