विहाबार विहान भएको हिमपातका कारण ललितपुर वरपरका डाँडाकाँडामा नयाँ हिमाल देखिए । ललितपुरकै फुल्चोकी सेतै टल्किएको थियो भने उत्तरी क्षेत्रको चम्पादेवि सेताम्मे देखियो । चन्द्रागिरी,नागार्जुन दलचोकी,लाकुरी भञ्ज्याङ्ग पनि उस्तै थिए । तस्विरहरु हेरौं ः
यो वर्ष लगातार ४ पल्ट हिउ परिसकेको छ । आजकल हरेक हप्ता वदली भई पानी पर्ने सम्भावना भइरहेको छ । मौसम विज्ञान तथा पुर्वानुमान महाशाखाका अनुसार पश्चिमा वायुमा आएको परिवर्तन पछि लगातार देशभर झरिपरिरहेको छ ।
यस झरिपछि हिउदे वाली लगाउने किसानले राहत महसुस गरेका छन् भने धेरै किसानको गहुँ वाली सप्रनेछ । केही किसानको सरसिउ,केराउ र तोरी बाली पनि राम्रो हुनेछ ।
तस्विर ः रोशन चौलागाई
प्रतिक्रिया