४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


वागमतीले मनायो खुला तथ्याङ्क दिवस


२० फाल्गुन २०७५, सोमबार  

0
Shares

ललितपुर खबर
ललितपुर
१९ फागुन २०७५


दक्षिण ललितपुरको वागमती गाँउपालिकाले खुला तथ्याङ्क दिवस मनाएको छ । हरेक वर्ष मार्च २ तारिकमा मनाइने यो दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा प्रमुख विर बहादुर लोप्चन उपाध्यक्ष रञ्जना तिमल्सिनाले तथ्याङ्क दिवसको औचित्यमा थि प्रकाश पारे ।

गाउँपालिकाका सूचना प्रविधि अधिकृत मिलन शर्मा ,योङ्ग इनोभेसन नेपालका ओपन डाटा कोअर्डिनेटर सरोज विष्ट र सेसी नेपालका सुर्यलक्ष्मी बज्राचार्यले महिला सिमान्तकृत समूदायमा खुला तथ्याङ्कको महत्वबारे विचार राखेका थिए ।

कार्यक्रममा सल्भ नेपालद्वारा स्थापना गरिएको अडियो ब्रोडकास्टिङ्ग सिस्टम र डाटा पोर्टल गाँउ पालिकालाई सल्भ नेपालका यादव नेपालले पालिका अध्यक्ष विरबहादु्र लोप्चनलाई हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा टेक्नो हवको पनि उद्घाटन गरेर शुभारम्भ गरिएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १ : १५ बजे