४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


रंगीन रात्री – महाशिवरात्री


२० फाल्गुन २०७५, सोमबार  

0
Shares

ललितपुर खबर
गौशाला,पशुपति
२० फागुन २०७५

हिन्दुहरुको महान् पर्व शिवरात्री । यो रमाइलो रातमा पशुपति क्षेत्रभर भाँङ्ग धतुरो खाएर झुम्ने चलन छ । शिवरात्री पर्व भर्न जाने युवा युवतीहरु नगा बाबाहरुको र्निबस्त्र हर्कत हेरर रमाउछन् । कलात्मक मन्दिरै मन्दिरले ढाकिएको पशुपति झिलिमिलि बत्ती बालिएको हुन्छ । वागमती किनारामा संगीतमय र्कितन सुन्न पाइन्छ । साँझपख चल्ने आरती झन् रमाइलो लाग्छ । श्लेषमान्तक बनको घना जंगलको छेउमा रहेको पशुपतिनाथ मन्दिर यो सुन्दर शान्त छ ।


फागुन कृष्ण चर्तुदशीको दिन हिन्दु धर्मालम्बीहरुले शिव मन्दिरहरुमा पुजा आराधना गरेर मनाउने गर्दछन् । यसमध्ये राजधानीको गौशाला स्थित पशुपतिनाथ मन्दिरमा भव्यताका साथ महाशिवरात्री पर्व मनाउने गरिन्छ ।
महाशिवरात्रीको रात पुरा जाग्राम बसिन्छ । रातभर भजनकिर्तन चल्छ । पशुपति क्षेत्रमा रहेको श्लेषमान्तक वनभरि गाँजा भाँङ्ग धतुरो खाने र रमाइलो गर्ने युवाहरुको ताँती भेटिन्छ । दिनभर मन्दिरमा लाइन बस्न नपाएका दर्शनार्थी रातसम्म नै लाइन बस्छन् । पशुपतिको गौशाला,तिलगंगा,कैलाश,मृगस्थली,गुह्ेश्वरीलगायत पशुपात क्षेत्रमा भक्तजनको घुइचो नै लाग्छ ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ११ : ४९ बजे