११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


डिजिटल पँधेरो ः ‘खुद्रा नभए तिर्खा मेटिन्न’


३ चैत्र २०७५, आइतबार  

0
Shares

लपु संवाददाता

०७५ चैत्र ३,पुल्चोक । तपाईसँग दुई रुपैयाँको डवल छ ? छैन होला ? आजकल कसैसँग पनि हुँदैन दुई रुपैयाँको डवल । कारण– दुई रुपैयाँमा केही पनि आउँदैन । त्यसैले कसैले बोक्दैन दुई रुपैयाँ ।
पुल्चोक ललितपुर महानगरपालिकाको कार्यालयअगाडिको डिजिटल पँधेरोअगाडि खल्ती छाम्दै पानी नपिई लम्कनेहरु देखिए । किन खल्ती छाम्दै पानी नखाई हिड्छन् मान्छे ? प्रश्न सुनेपछि हास्दै एटिएमका कर्मचारी अनिल ठकुरी भन्छन्, दुई रुपैयाको डवल खोजेका । डवल नहुने तिर्खा नमेटी हिड्छन् ।
का अनुसार सवैसँग दुई रुपैयाको डवल हुदैन ।


महानगरअगाडि जडान गरिएको यो डिजिटल पधेरो सर्वसाधारणहरुका लागि उति उपयोगी देखिएन । एटिएममा आएकी सरिता केसी भन्छिन्,१ वोत्ततको २० रुपैया पर्ने पानी २ रुपैयाँमै पानी पाइनु राम्रो हो । तर सधै २ रुपैयाको डवल हुँदैन ।
पानी खान पुगेका सविन मगरलाई भने एटिएममा कार्ड स्वायप गर्ने मेसिनको सिस्टम झण्झटिलो लाग्यो । पानी थाप्न पनि एटिएम कार्ड बनाउन को जाला ? बरु इसेवा जस्तो पैसा छिराएर पानी खान पाए हुन्थ्यो ।

एटिएममा पानी खान आएका रविन्द्र श्रेष्ठ पसलमा पैसा खुद्रा बनाएर पानी खान अएका भेटिए । उनी भन्दै थिए,‘२० रुपैयाँ बोत्तलको पानी दुई घुड्को खाएर फ्याकिन्थ्यो । सेवा त राम्रै हो । तर डवल खोज्दै हिड्नु पर्ने अलि झण्डटिलो ।’

डिजिटल पँधेरो राख्ने सुप्रिम इन्टरनेश्नलका कार्यकारी निर्देशक प्रकाश शर्मा भने पानी खानका लागि सवैले डवल बोकेर हिड्नु पर्ने आवश्यत्ता भएको जिकिर गर्छन् । उनी भन्छन् , महानगरमा अलि अपायक परेर मात्रै हो । हामी बजार पसल भएको अरु ठाँउमा यो मेसिन जडान गछौं । मेसिनको सिस्टम समय सुवाउदो नभएको कुरा घुमाउँदो पारामा स्वीकार गर्दै शर्माले भने पैसा साट्न किल्ने अर्को मेसिन पनि सँगै राख्ने कि विषयमा छलफल भएको छ ।

ललितपुर महानगरपालिका,काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र सुप्रिम इन्टरनेश्नलले संयुक्त पहल गरेर जडान गरेको यो एटिएम महानगरले आइतबारसम्म निशुल्क पानी खुवाएको थियो । एटिएममा खटिएका कर्मचारीका अनुसार आज पनि आदेश अनुसार पानी निशुल्क नै वितरण भयो ।
विहान ८ वजेबाट खुल्ने यो एटिएम बेलुका ८ बजेसम्म खुल्छ । यहाँ २ जना कर्मचारी खटिएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १० : २४ बजे