१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


‘पर्यटकलाई सताउछन् घुमन्ते व्यापारी’


५ चैत्र २०७५, मंगलबार  

0
Shares

लपु संवाददाता

४ चैत्र २०७५,पाटन । पाटन दरवारमा एक हुल पर्यटक आईपुगे ।  त्यो हुलमा अर्को महिलाहरुको हुल मिसियो । महिलाहरुको हात हातमा क्युरियो सामान थियो । फरर् अँग्रेजी बोल्दै महिलाहरु पर्यटक पछ्याउन थाले । पर्यटक दरवार घुमेर हिरण्य महाविहार नपुग्दासम्म ती घुमन्ते व्यापारी अंग्रेजी फलाक्दै थिए । केहीले पर्यटकलाई सामान भिडाएरै छाडे ।

यो दृश्य सोमबार  पाटनमा देखिएकोे हो । पर्यटकहरुलाई पछ्याउदै ‘एक्स क्युज मि’ भन्दै सामान देखाएर किचकिच गरिरहेको दृश्य आजकल पटनको गल्ली गल्लीमा देख्न पाइन्छ ।

पाटनको पर्यटन सुरक्षा हेरिरहेका प्रहरी नायव निरिक्षक सागर थापाका  अनुसार पाटनमा घुमन्ते क्युरियो बेच्ने व्यापारी झण्डै ५० जना छन् । थापा यो तालुक निकायहरुको काम रहेको तर्क गर्छन् । उनका अनुसार पर्यटकलाई घुमन्ते व्यापारीलाई जवरजस्ती सामान बेच्न रोक्ने क्यान्डेट नभएको गुनासो छ।

पाटनमा ६ जना पर्यटक प्रहरीको दरवान्दी छ ।

पर्यटकलाई सताइरहेको देखेर ती घुमन्ते व्यापारीलाई बेला बेलामा प्रहरीले सामान खोसेर ल्याउने गरेको छ । प्रहरीले व्यापारी समातेर ल्याएपनि थुन्ने अधिकार नभएको थापाको भनाई छ । यसरी फोर्स सेलिङ्ग गर्दा पर्यटकहरुले व्यापारीलाई नथुन्न अनुरोध गर्ने गरेका छन् । पाटन पर्यटक सुरक्षा केन्द्रमा कसैले पनि उजुरी दिन नआएको थापाले जानकारी दिए ।

पर्यटकहरुलाई पछ्याउँदा सधै सम्झाउने गरेको पाटनमा भेटिएका गाइड दिपेन्द्रविर शाक्यले बताए ।

तर विदेशीहरुलाई हामीले पैसा कमाउन पाउनु पर्ने तर्क गर्दै गाइडसँग झगडा गर्न तम्सने गरेको शाक्य गुनासो गर्छन् ।

गाइडहरुको कमिसन आउने पसलहरु रहेको स्वीकार गर्दै शाक्य भन्छन्,‘ती ठाँउहरुमा किनेको सामान विग्रिए साट्न पाइन्छ । त्यसैले हामी सधै पर्यटकहरुलाई ती ठाँउहरुमा लैजाने गछौं।’

 

पाटनमा क्युरियो सामानको पसल राखेका व्यापारी राजेन्द्र कपाली घुमन्ते क्युरियो व्यापारीबाट पर्यटकलाई कायल गराएर सामान भिडाउने गरेको आरोप लगाउछन् । उनी भन्छन्,‘त्यसैले आजकल हाम्रो व्यापार चौपट छ ।’

पाटन दरवार स्क्वायर वरपर ८ जना नीजि क्षेत्रका सुरक्षाकर्मी डिउटी गरिरहेका छन् । त्रिमूर्ति सेक्युरिटीज कम्पनीका सुरक्षाकर्मी सुव्वा बरालका अनुसार घुमन्ते क्युरियो व्यापारीले दरवार परिसरमा सामान बेच्न पाउदैनन् । बराल भन्छन्, ‘समान बेचेको देखे हामी पर्यटक प्रहरीलाई बुझाइदिन्छौं ।’

पाटन दरवार परिसरमा टिकट काट्ने कर्मचारी

युकेश महर्जनका अनुसार दरवारमा सुरक्षाकर्मीलाई रोक्न लगाए पनि सबै ठाँउमा घुमन्ते क्युरियो व्यापारीलाई र।ोक्न नसकिएको स्वीकार गर्छन् ।

उनी भन्छन्,‘पाटनका गल्लीमा जताततै व्यापारी पर्यटकलाई पछ्यउछन् ।’

घुमन्ते क्युरियो व्यापारीसँग यस विषयमा कुरा गर्न खोज्दा धेरै व्यापारी तर्किए । एक व्यापारीले नाम नबताउने शर्तमा भने,‘नगरपालिकाले हामीलाई ठाँउ दिएन । व्यवस्थित गरि दिएको भए हामी सामान बोकेर गल्ली गल्ली चार्हानु पर्ने थिएन ।’ उनीहरुको रोजगारी समस्यालाई सरकारले बुझ्नु पर्ने तर्क गर्छन् ।

 

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ७ : १३ बजे