६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


मरेका जनावरका शरीरमा जीवन्त कला


८ चैत्र २०७५, शुक्रबार  

0
Shares

पव्लिक युज एसेन्न्सी
८ चैत्र ०७५,काठमाडौं । डिल्लीबजार र घट्टेकुलोबीचको घनाबस्ती । यही बस्तीको माझमा एउटा सामान्य घरभित्र अद्भूत कलाको संग्रहालय छभन्दा धेरै मानिसलाई आश्चर्य लाग्न सक्छ ।
सिंहदरबारदेखि चिया पसलसम्म सरकारले यसो गरेन, उसो गरेन भनेर असन्तुष्टिका स्वरहरू उठिरहँदा एउटा परिवार चुपचाप कलाको साधनामा जुटिरहेको छ । न कसैको आस, न कसैको त्रास । बरू यी अमूल्य कला कतै लोप होला कि भन्ने भयले रातदिन चिमोटिरहन्छ । उही गोविन्दबहादुर गुरुङ यो अद्भूत कलाका सर्जक हुन् । उनका बाजे दरबारका जर्नेल थिए । राणाजीका दरबारमा सजाइएका मृत जनावरका अंगबाट बनेका जीवन्त कलाले उनलाई तान्यो ।
जतिबेला ती कलाकृति विदेशबाट झिकाइन्थे । आजभन्दा ६ दशकअघि उही गोविन्दबहादुरलाई लाग्यो– नेपालीकरण गरेर कलालाई नेपाली सीप, ज्ञानमा किन नढाल्ने रु यही इच्छाशक्तिले जन्मायो कलायात्रा ।


उनीभित्र कतिसम्म भूत सवार थियो भने आफ्नै खर्चले यो कलासम्बन्धी ज्ञानका लागि उनी जर्मनी पुगे । स्याङ्जाबाट पोखरा हुँदै काठमाडौं छिरेका उही गोविन्दबहादुरका पिताको राणासँगको उठबसले छोरालाई कालिगढ बनाउन मद्दत गर्यो । बाबुको यही पेसालाई निरन्तरता दिइरहेका ५६ वर्षीय मदन गुरुङ शुरुवातका ती दिनलाई यसरी स्मरण गर्छन् ।
गोविन्दबहादुर यो संसारमा छैनन् । उनले देखेको सपना र सीप यति जीवन्त छन कि मानौं प्रत्येक कलाभित्र बाँचेका छन् । अनि भनिरहेका छन– ‘म मरे पनि मेरो कृति नमार । आउँदो पुस्तालाई नासोका रूपमा यसको संरक्षण गर ।’

मरेका जनावरको शरीरभित्र यस्ता जीवन्त कलाका यी शिल्पीको साधना सतिसालभन्दा कम थिएन । यही कलाको मर्मभित्र उनको तप, जप बित्यो । एक्लो साधनाबाट गोविन्दबहादुर पाँचसय जाति प्रजातिका जनावर, चराचुरुंगीका कला छोडेर गएका छन् । जहाँ झण्डै सात दशकअघि देखिका कला बाँचेका छन् ।

हुने खाने बाउका छोरा मदन आफ्नो शोखको कुनै पेसामा जान चाहन्थे तर बाबुको मेहनत, पसिना र उनको अन्तिम इच्छा बुझेपछि उनलाई लाग्यो– मैले यी कलाको संरक्षण गर्न सकिन भने महापाप हुन्छ । त्यसैले उनी पनि होमिए टयाक्सीडर्मी कलायात्रामा ।
उही गोविन्दबहादुरले कलायात्रा शोखबाट शुरु गरेका थिए । कालान्तरमा यसले बृहद कला संग्रहालयको रूप लियो । संग्रहालयमा के को कलाकृति छभन्दा पनि के छैन भन्ने हो । मदन आठ, पाँच आउने कामबाहेक संरक्षणको पिरलोमै दिनरात हुटहुटिरहन्छन् ।
ट्याक्सीडर्मी भन्ने यो कला कतिपयका लागि नौलो पनि हुन सक्छ । ट्याक्सीडर्मी भनेको पशुपंक्षीको शरीर प्रदर्शन तथा अध्ययनका लागि केही वस्तुहरू मृत शरीरमा भरेर राख्ने वा सुरक्षित राख्ने काम वा कला हो । ट्याक्सीडर्मी भन्ने शब्द ुग्रीकभाषाुको ट्याक्सी डर्माबाट आएको हो । जसमा ट्याक्सको अर्थ ुचल्नुु र डर्माको अर्थ हुन्छ ुछालाु ।
अर्थात् पशुपंक्षिको छाला झिकेर त्यसभित्र अरू वस्तु हाल्ने र पशुपंक्षीलाई जीवतजस्तै बनाउने कला ट्याक्सीडर्मी हो । यो कलाको संग्रहालयमा जीवविज्ञानका विद्यार्थी शैक्षिक भ्रमणमा कहिलेकाहीँ आएर अनुगमन गर्नेबाहेक अरू उपलब्धि हासिल हुन सकेको छैन । त्यसै पनि महँगो र दुर्लभ कला बनाउन जति कठिन छ, संरक्षणमा पनि त्यति नै टाउको दुखाई छ । बस्नका लागि बनाइएको घर, घरायसी चाँजो नमिल्दा अहिले एउटै कोठामा थुपारिएको छ । हेर्नुस त यहाँ के छैन रु विदेशी च्यानलमा देखेका नयाँ पुस्ताले यहाँभित्र अजिंगर, बाघ, भालुदेखि सानोमा चराजत्रो खरायो पनि हेर्न पाउँछन् ।
दिनप्रतिदिन यी कला संकटको अवस्थामा छन् । हातमा सीप छ । मदन भन्छन्– कमिलादेखि हात्तीसम्म संरक्षण गर्न सकिन्थ्यो तर न काम गर्ने ठाउँ, न कसैको प्रोत्साहन ।
मदनलाई अर्को एउटा दुखले पिरोलिरहन्छ– आफूले त जेनकेन यो कलायात्रालाई यहाँसम्म धकेलियो । आफ्नो एकमात्र सन्तान विदेशमा छन् । उनलाई बाउबाजेले पसिना बगाएको कलाप्रति कुनै मोह छैन । आफ्नो बाबुको नाममा सरकारले कुनै ठाउँ दिएर म्युजियम बनाइदिए हुन्थ्यो भन्ने लाग्छ । यसका लागि उनले कुन सरकारी निकाय धाएनन रु तर सुन्नेहरू सुन्छन काम गर्दैन । एक वर्ष, दुई वर्ष हुँदै दशकौं बित्यो प्रयास थालेको तर अहिलेसम्म सिन्को सार्ने काम भएको छैन । संस्कृति मन्त्रालय, पुरातत्त्व विभागमा गरिएका प्रयास असफल भएका छन् । तर, उनले मन मारेका छैनन ।
मानिस स्वभावतः प्रयोगवादी जात हो । नयाँनयाँ प्रयोग चाहन्छ । अझ एउटा सिद्धहस्त कलाकारले कलाभित्र अनौठो प्रयोग खोज्नु अनौठो होइन । विश्वका होचा नेपाली नागरिक ७२ वर्षीय चन्द्रबहादुर डाँगीको शब ट्याक्सीडर्मी गरेर दुर्लभ कला बचाउने प्रस्ताव आएको थियो । यस्तो प्रस्तावले उनी कम उत्साही भएका थिएनन । तर, नेपालमा कानुनको अभाव र राख्ने ठाउँको समस्याले गर्दा त्यो अवसर गुमेकोमा उनलाई चुकचुक भइरहेको छ ।
व्यक्तिको घरमा राखिएको देखिए पनि यो अमूल्य कला देशको निधि हो । यदि नष्ट भयो भने यसको क्षतिपूर्ति कतैबाट हुन सक्दैन । एउटा व्यक्तिको इच्छाशक्तिबाट देशको कला ढुकुटी भर्न लगाइएको यो गुनको जति प्रशंसा गरेपनि अधुरो हुन्छ । कलालाई बुझ्न मनभित्र अर्को कला हुन जरुरी छ । त्यसैले यो अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई दिएको नासो संरक्षणका लागि सबैले आफ्नो ठाउँमा सहयोग गर्न जरुरी

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ८ : २९ बजे