१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


पाटनमा कला तथा संस्कृती महोत्सव शुरु


१३ चैत्र २०७५, बुधबार  

0
Shares

लपु संवाददाता
१३ चैत्र ०७५,पाटन । बुधबारबाट ललिपुरको पाटनमा  कला तथा संस्कृती महोत्सव शुरु भएको छ । मंगलबजारस्थित पाटन दरवार स्क्यायरको डवलीमा आयोजित कार्यक्रममा दिप प्रज्वलनन गरेर उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सवको उद्घाटन गरे ।
उपराष्ट्रपति नन्द बहादुर पुनले कला तथा संस्कृती महोत्सवले पर्यटन बर्ष २०२० सफल बनाउन योगदान दिने विश्वास व्यक्त गरे । उनले भने ‘ललिततपुरको कला र संस्कृतीको प्रवद्र्धनले पाटनबासीलाई समृद्ध र सुखी बनाउन सहयोग गर्छ ।’


ललितपुरको महानगरका मेयर चिरीबावु महर्जनले नेपालबाट विदेश निर्यात हुने हस्तकलाको सामाग्री मध्ये ८० प्रतिशत ललितपुरबाट जाने हुँदा पाटनको कलात्त्मक बजार बलियो रहेको भनाई राखे । उनले भने, ‘पाटनको हस्तकलालाई प्रबद्र्धन गर्न महानगर सधै अगाडि बढ्नेछ ।’
विश्व कला परिषदले ललितपुरलाई ३५ औं कला शहर घोषणा गरेको सन्र्दभमा कला तथा संस्कृती प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सव मुल समारोह समितीका संयोजक तथा १६ नं. वडाका वडाध्यक्ष निर्मलरत्त्न शाक्यले बताए । विश्व कलापरिषद्को कला शहर घोषणालाई निरन्तर रुपमा कायम राख्न कला तथा संस्कृतीलाई जिवन्त राख्न जरुरी रहेका’े भन्दै उनले अगाडि भने ‘यस्ता महोत्सवले कला र संस्कृती जोगाउन युवा पुस्तालाई प्रेरित गर्छ ।’


ललितपुर महानगरपालिकाको वडा नं. १६ को आयाोजनामा विभिन्न पवद्र्धक संस्थाको सहयोगमा शुरु महोत्सव आइतबार सम्म चल्नेछ ।
औपचारिक कार्यक्रमपछि उपराष्ट्रपति पुनले महोत्सवको अवलाोकन समेत गरेका थिए ।
महोत्सवको क्रममा पाटनका चोकहरुमा झिलिमिलि बत्ती बालिएको छ भने यत्रतत्र नेवारी संस्कृती झल्कने विभिन्न स्टलहरु छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ११ : ११ बजे