१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


चापागाँउमा ट्याङ्की बनेपछि पाटनबासीलाई राहत


२१ चैत्र २०७५, बिहिबार  

0
Shares


लपु संवाददाता

२१ चैत्र ०७५,चापागाँउ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पाटन क्षेत्रमा वितरण गर्ने खानेपानीका लागि मुहान सुधारको शुरु गरेको छ । ललितपुरको चापागाँउ टाहाखेलमा (¥यापिडस्याङ्ग फिल्टर)नयाँ ट्याङ्की निर्माणपछि पाटन क्षेत्रमा खानेपानी वितरणमा थप सहज हुने भएको हो । प्राविधिक विकाश भारतीका अनुसार आउँदो बर्षासम्ममा नयाँ ट्याङ्की बनिसक्केपछि पानी अहिलेभन्दा धेरै पनि जाने बताए ।
मुलडोल
‘नयाँ ट्याङ्कीको काम पानी फिल्टर गर्ने हो ।’ अर्का साइड सुपरभाइचर आशिष साहले भने । यो फिल्टर ट्याङ्की बनेपछि मुलडोलमा बनेको डिप बोरिङ्गको पानीलाई सफा गर्न प्रयोग गरिनेछ ।
गोदावरी नगरपालिकाले चापागाँउ मुलढोलमा डिप बोरिङ्गबाट थप पानी निकालेपछि पानीको मात्रा मात्रा बढ्न लागेको हो । केही दिन अघि नगरपालिकाले पानी सुचारु ग्रिसकेको छ । मोलडोलबाट पम्प गरेर उचाईमा रहेको यो ट्याङ्कीमा खसालिनेछ ।यस डिप बोरिङ्गबाट प्रतिघण्टा साठी हजार लिटर पानी आउने हुँदा पाटनबासीलाई समेत थप पानी जाने ती प्राविधिकले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ९ : ४५ बजे