६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


मच्छिन्द्रनाथको रथ बनाउन शुरु


८ बैशाख २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
८ बैशाख ०७६,पुल्चोक । आइतबार विहान जावलाखेलबाट मच्छिन्द्रनाथको (घजा) चक्का पुल्चोक पु¥याइयो । पुल्चोकमा क्रेनको सहाराले रथका लागि ठुल्ठुला काठ समेत पु¥याइएको छ । सडक किनारामा रथ बनाउने काठ राखिएका छन् नजिकैको पाखेरीमा बेत भिजाइएको छ ।
शनिबार लगनखेलचोकमा महास्नान गरेसँगै मच्छिन्द्रनाथको रथ निर्माण शुरु भएको हो । पाटनका सरोज डंगोलका अनुसार अवको ३ दिन वाराहीहरुले काठको काम गर्छन् । त्यसपछि वेतको काम हुन्छ । दशमीको दिन (घजा) चक्का राखिन्छ । रथ बनाउने क्रममा राखिएका चक्का सोमबार निकालिन्छ । औसीको भोलिपल्ट मच्छिन्द्रनाथको मूर्ति रथारोहण गरिन्छ । त्यसको चार दिनमा रथ तान्न शुरु हुन्छ ।


मच्छिन्द्रनाथको रथ प्ुल्चोक, नःटोल, गावाहाल, हखटोल, सुन्धारा, उकुबहाल, चक्रबहिल, टंगाल इटी हुँदै लगनखेल पु¥याइन्छ । लगनखेलमा नरिवल खसालेपछि रथ महिलाहरुले तानेर पुन इटी पु¥याइन्छ । त्यहाबाट जावलाखेल लैजान भने स्इत हेरेर मात्रै जावलाखेल पु¥याउने चलन छ । जावलाखेल पुगेको भोलि पल्ट नै राष्ट्रपति प्रधानमन्त्रीलगायत विबिष्ठ व्यक्तिहरुको उपथितीमा भोटो देखाइन्छ । भोटो देखाएपछि यो वर्षको जात्रा सकिन्छ ।
हरेक बाह्र वर्षमा मच्छिन्द्रनाथको रथ बुङ्गमतीबाट तानेर पाटन ल्याइन्छ । यसरी नै पाटन घुमाएपछि पुन बुङ्गमती लगेर भोटो देखाउने चलन छ । बाह्र बर्षे मेला २०७२मा भएको थियो ।

 

 

 

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १० : १७ बजे