१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


गोदावरीमा अर्को भ्यूटावर बन्ने


१० बैशाख २०७६, मंगलबार  

0
Shares

भ्यु टावरको शिलान्यासपछि गुरुको हातबाट टिका थाल्दै सासंद सिलवाल ।

सिलवालले गरे शिलान्याश
लपु संवाददाता
१० वैशाख ०७६, गोदावरी । ललितपुरको गोदावरीमा भ्यू टावर बन्ने भएको छ । मंगलबार ललितपुर १ का सासंद नवराज सिलवालले भ्यू टावरको शिलान्याश गरेका छन् । गोदावरीको अघोनाथ डाँडामा भ्यू टावर बन्न लागेको हो । सो भ्यू टावरका लागि सिलवालको संसद बिकास कोषबाट ५० लाख रकम बिनियोजिन गरिएको छ । ललितपुरको दलचोकी, गोदावरी नगर देविचौरको देउरालीमा पनि भ्यूटावर निर्माणको काम भइरहेको छ ।
भ्यूटावर निर्माणका लागि उपभोक्ता समिती गठन भइसकेको छ । उपभोक्ता समितीका अध्यक्ष शान्तकुमार मोक्तान छन् । भ्यूटावरको शिलन्याश कार्यक्रममा बोल्दै सिलवालले गोदावरी क्षेत्र नेपाल सरकारले गोदावरीलाई नेपालको १०० पर्यटकिय गन्तब्यभित्र समाबेश गरेकोले यस क्षेत्रको पर्यटकीय पुर्वाधार विकाशका लागि सरकारले निरन्तर बजेट छुट्याउने जानकारी दिए । उनले भने, ‘गोदावरी, दलचोकी, चापागाउ, देबीचौर , माझखन्ड, बैतर्णीधाम, कालेश्वर लगायतका विभिन्न धार्मिक एवम प्राकृतिक पर्यटकिय स्थानहरुको बिकाश मेरो प्राथमिकतामा छ ।’

भ्यु टावरको शिलान्यासपछि अवलोकन गर्दै सासंद सिलवाल ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ७ : १० बजे