१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठूलादुर्लुङ ज्वलादेवि स्कूलको भवन हस्तान्तरण


१३ बैशाख २०७६, शुक्रबार  

0
Shares


लपु संवददाता
१३ वैशाख ०७६, ललितपुर । दक्षिण ललितपुरको ठूलादुर्लुङ ठाँटीभञ्ज्याङमा रहेको ज्वालादेवी आधारभूत विद्यालयको भवन हस्तान्तरण गरिएको छ । जापानी सहयोग नियोगको आर्थिक प्राविधिक सहयोगमा निर्माण भएको आधुनिक पक्की भवन विहीबार ललितपुर १ का सासंद नवरनज सिलवालले उद्द्दाटन गरेसँगै विद्यालय व्यवस्थापन समितीलाई हस्तान्तरण गरिएको हो ।
२०७२ सालको भुकम्पले क्षतिग्रस्त यो भवन निर्माणपछि ठुला दुर्लुङ आसपासका विद्यार्थीहरुले सुविधा प्राप्त गर्नेछन् ।
भ्वनको उद्घाटन मन्तव्य दिदै सासंद सिलवालले दक्षिण ललितपुरको जनतासँग साक्षात्कार गर्न पाउदा आफूलाई खुखी लाग्ने. वताए । उनले भने, ‘ललितपुरको अर्को कुनामा रहेको यो दुर्गम गाँउमा आएर विकाशका प्रोजेक्टको उद्घाटन गर्न पाउदा आफूलाई सधैं भाग्यमानी सम्झन्छु ।’ ललितपुरकै दुर्गम गाँउमा आएर विद्यालय भवन निर्माण गरिदिएकोमा खुशी व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद अधिकारी सहयोगी संस्थालाई धन्यवाद दिए ।


विद्यालय भवन हस्तान्तरण कार्यक्रममा यस भेगमा रहेको विद्यालयहरुमा विद्यार्थी संख्या न्युन रहेको विषय प्रवेश पाएको थियो । वक्ताहरुले भौगोलिक विकटता टाढा टाढा विद्यालयहरु रहनुका कारण विद्यार्थी कम भए पनि स्कूल चलाउनु पर्ने बाध्यता रहेको धारणा राखेका थिए । गाँउपालिकाका अध्यक्ष रामचन्द्र दाहालले सरकारले विद्यार्थी कम भए पनि स्कूल सञ्चालन गर्नु पर्ने तर्क गरे । उनले भन,े ‘जनतालाई शिक्षा दिने जस्तो कुरामा राज्यको यति खर्च भयो भनेर हिसाव किताव गर्नु हुन्न ।’

तस्विर ः राजेन्द्र न्यौपाने

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ८ : २८ बजे