१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वाणीविलासमा बन्यो नयाँ भवन


१४ बैशाख २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
१४ वैशाख ०९६,चापागाँउ । गोदावरी १० प्याङ्गगाँउस्थित वाणीविलास माविमा नयाँ भवन निर्माण गरिउको छ । विद्यालय परिसरमा आयोजित ३८ औ अभिभावक दिवसको अवसरमा नवनिर्मित भवन उद्घाटन गरिएको छ । एक्सन एड नेपाल र होमनेट नेपालको सहयोगमा नवनिर्मित यस भवनको शुक्रबार ललितपुर १ का सासंद नवराज सिलवालले नवर्निमित भवनको उद्घाटन गरेका हुन् । यस विद्यालय नवराज सिलवाल, प्रदेश सांसदद्वय लालकुमारी पुन र चेतनाथ सन्जेल गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको समेत उपस्थिती थियो ।
कार्यक्रममा ललितपुरका १ का ससंद नवराज सिलवालले सामुदायिक बिधालयहरुले सक्षम जनशक्ति निर्माणमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको र सामुदायिक विधालयहरुको स्तरउन्नति गर्दै शिक्षा क्षेत्रमा रहेको व्यापारीकरण रोक्न सरकार लाग्नुपर्ने वताए । उनले भने,‘ललितपुरमा रहेका सामुदायीक बिधालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बनाउनू लाग्नेछु ।’

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ८ : ११ बजे