६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विद्यार्थी अभावमा दक्षिण ललितपुरमा गाभिए विद्यालय


१७ बैशाख २०७६, मंगलबार  

0
Shares

ललितपुर इकुडोलस्थित जनजागृती विद्यालय

लपु संवाददाता
१७ वैशाख ०७६,भट्टेडाँडा । वागमती गाउपालिका दुई विद्यालय नजिकको विद्यालयसँग गाभिएका छ । भट्टेडाँडाको चैनपुरस्थित कालीदेबि आधारभुत विद्यालयलाई यास्पा आधारभुत विद्यालयमा गाभिएको छन् । इकुडोलस्थित स्याउरीभुमि आधारभुत विद्यालयलाई जनजागृती माध्यमिक विद्यालयमा गाभिएको छ ।
आईतबार बसेको कार्यपालिका बैठकले विद्यार्थी संख्या कम भएको भन्दै ती विद्यालयलाई नजिकको विद्यालयमा गाभिएकोे गाउपालिका अध्यक्ष विरबाहादुर लोप्चन बताए । गाउपालिकामा अन्य गाभ्न योग्य केही विद्यालय भए पनि भौगोलिक कारणले हिड्न नसक्ने स–साना बिद्यार्थी ध्यानमा राखेर हाललाई दुई वटा विधालय मात्र गाभिएको गरिएको अध्यक्ष लोप्चनको भनाइ छ ।
वागमती गाँउपालिका संचार सहयोगी दिपक घिमिरेका अनुसार चैनपुरको कालीदेबि आधारभुत विद्यालय र स्याउरीभुमि आधारभुत विद्यालयमा यस बर्ष विद्यार्थी भर्ना नै हुन नआएपछि विद्यालय गाभिएको हो । घिमिरेले भने, ‘विद्यालयमा एक जना पनि विद्यार्थी पढ्न नआएपछि विद्यालय गाभिएको हो ।’
पछिल्लो समयमा गाँउघरमा वालवालिकाहरुको जनसंख्यामा कमी आएपछि विद्यालय र शिक्षकको संख्या बराबरी हुने अवस्था आएको छ । गाँउका युवाहरु रोजगारीको लागि विदेश जाने विवाह गरेपछि शहर पस्ने हुँदा गाँउमा केटाकेटीहरुको संख्या न्युन भएको हो । विद्यार्थी संख्या घट्दा विद्यालय खारेज हुने र शिक्षक शिक्षिकाहरुको रोजगारी गुम्ने अवस्था श्रृजना भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ८ : १६ बजे