११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनका २ सय ३८ जेष्ठ नागरिक सम्मानित


२१ बैशाख २०७६, शनिबार  

0
Shares

लपु संवाददाता

२१ वैशाख ०७५,पाटनढेका । ललितपुर महानगरस्थित वडा नं. १६ ले पाटनका ७७ बर्षदेखि १०२ वर्ष सम्मका २ सय ३८ जनालाई एकसाथ सम्मान गरेको छ । शुक्रबार पाटनस्थित अशोक हलमा आयोजित कार्यक्रममा सहभागी महानगरका मेयर चिरीबाबु महर्जनले नगरिकहरुलाई माला लगाइदिएका थिए भने वडाध्यक्ष निर्मलरत्न शाक्यले दोसल्ला ओढाए । १६ नं. वडाध्यक्ष शाक्यले सम्मानसँगै साँगितिक ज्ञानमाला भजन, बुद्ध भजन, धार्मिक प्रवचन र धार्मिक ग्रन्थ पाठ गरिएकोे जानकारी दिए । उनले भने,‘कार्यक्रममा सहभागी जेष्ठ नागरिकलाई भोजनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएकोछ ।’

नेवारी परम्परा अनुसार ७७ वर्षमा पहिलो जंकु हुन्छ । दोश्रो जंकु भने ८२ वर्षमा गरिन्छ । नेवारी परम्परा अनुसार दोश्रो जंकु ८८ वर्षमा गरिन्छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका पूर्वप्रमुख एवं पूर्वमन्त्री समेत भइसकेका बुद्धिराज बज्राचार्यलाई पनि सम्मानित गरिएको थियो । अन्य सम्माननित हुने हरुमा ९८ वर्षीय तुलसी बहादुर श्रेष्ठ, गणेश बहादुर शाक्य, र सय वर्षीया महिला तुलसीमाया श्रेष्ठलगायत २ सय ३८ जना जेष्ट नागरिकहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ७ : ४३ बजे