६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


खोकनाको टावर ढालेपछि लोडसेडिङको त्रास


२१ बैशाख २०७६, शनिबार  

0
Shares

लपु संवाददाता २१ वैशाख ०७६,खोकना । ललितपुरको खोकनाको मध्यफाँटमा ठूलो टावर ढलेको छ । नेपाल विद्युत प्राधिकरणले थानकोट चापागाँउ भक्तपुर १३२ केभी विद्युत प्रशारण लाइन विस्तारका लागि बनाइएको २७ नम्बर टावरको एकाएक ढालिएपछि नेपाल विद्युत् प्राधिकरणका खैलाबैला मच्चिएको छ । गतबुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङलगायतको टोलीले निरिक्षण गरेसँगै ललिपुरमा अव ललितपुर क्षेत्रमा लोडसेडिङ हुने वताएपछि यो टावरको चर्चा चुलिएको हो ।

हावा आएको बेला राती टावर ढलेको प्रत्यक्षदर्शी सिन्धुली मरिङखोला घर भई खोकना बस्ने हेम तामाङले वताए । उनले भने,‘रातको बेला अध्यारो थियो । टावर ढल्दा ठूलो आवाज आयो जमिन नै हल्लियो । भोलिपल्ट विहान हेर्दा टावर ढलेको देखियो ।’ खोकनाका स्थानीयहरु भने त्यो पोल हावाले ढालेको भनेर विस्वास गर्दैनन् । एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भने,‘त्यो पोलको नटवोल्ट पहिले नै झिकिएको थियो । त्यो टावर जुनसुकै बेला ढल्न सक्थ्यो । हावा आएको बेला ढल्यो ।’ वारा पर्सामा हावा हुरीले क्षति पु¥याएको बेला टावर ढलेको त्याहाका जो सुकै स्थानीय वताउछन् ।

हाइटेसन लाइनको टावर ढालिएको यो पहिलो घटना भने होइन । केही वर्ष अघि खोकना फाँटमा यसरी नै हाइटेन्सन लाइनको पोल ढालिएको स्थानीय श्रीभगत महर्जन वताउँछन् । खोकनाकै कपिल महर्जन स्थानीयको सहमतीविना सरकारले फाँटमा टावर बनाएको वताउछन् ।

खोकनाका स्थानीयले काठमाडौं–निजगढ फास्ट ट्रयाक र थानकोट–चापागाउँ–भक्तपुर प्रशारण लाइन बाहिरी चक्रपथको रुटसँगै निर्माण गर्नुपर्ने माग गरेका छन् । प्राधिकरणले सबस्टेसन निर्माण हुने हरिसिद्धी र टावर रहने स्थानको जग्गा अधिग्रहण गरिसकेको छ । स्थानीयले अधिग्रहण गरेको जग्गामा समेत काम गर्न दिएका छैनन् । भक्तपुरतर्फको टावर राख्ने काम सकिएको छ ।

ललितपुरका अन्य ठाँउमा समेत स्थानीय बासिन्दाले प्रशारण लाइनको टावर निर्माण गर्न अवरोध भइरहेको प्राधिकरणले वताएको छ । काठमाडौं, १९ बैसाख । काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रशारण लाइनमा स्थानीयले अवरोध सिर्जना गरेका छन् । सरकारले प्रशारण लाइनको तारमुनि रहेको ९ मिटर दायाँ र ९ मिटर बायाँतर्फ जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दिने गरेको छ । तर ललितपुरको बुङमती, खोकना, हरिसिद्धी र लामाटारका बासिन्दाले प्रशारण लाइनको रुट फेर्नुुपर्नेमाग गरेका छन् । रुट परिवर्तन गर्न नसक्ने भए तारमुनि पर्ने जग्गाको शतप्रतिशत मुआब्जा तथा क्षतिपूर्ति दिन माग राख्दै निर्माणमा अवरोध गरेका छन् ।

हेर्नुस् थप तस्विरहरु ः

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ८ : ३७ बजे