१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शंखुमा सेनाको स्वास्थ्य शिविर


२२ बैशाख २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
२२ वैशाख ०७६,शंखु । ललितपुरको शंखुस्थित मगरगाउँ विद्यालयपरिसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । ललितपुर लेलेस्थित नेपाली सेनाको भैरव गणले आयोजना गरेको शिविरमा ४०३ जना स्थानीयले सेवा लिएका छन् भने शिविरमा घरेलु पशुपन्छीको समेत निःशुल्क उपचार गरिएको थियो । शिविरमा २३० गाई र गोरू, ४४८ भैसी रागो, २९१बाख्रा र बोका, ६ कुकुर र ४० कुखुरा सहित १०१५ पशुपन्छीको निःशुल्क स्वास्थ्य परीक्षण गरि निशुल्क औषधि बितरण गरिएको थियो । शिविरमा जिल्ला भेटेनरी अस्पतालबाट भेटेनरी सेवाअन्तर्गत गोवर परिक्षणका साथै आवश्यक औषधीको व्यवस्था गरिएको थियो ।
शिविर जिल्ला जनस्वास्थ्य कार्यालयअन्तर्गत पाटन विज्ञान प्रतिष्ठान, नेपाल मेडिसिटी अस्पताल, आनन्दवन अस्पताल तथा स्थानीय स्वास्थ्य चौकीहरु लगायत श्री बिरेन्द्र अस्पताल छाउनीबाट डा.अधिकृत सहितको मेडिकल टीम द्वारा सयुक्तरुपमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा बालरोग, दन्तरोग, स्त्री तथा गाईने सम्बन्धि उपचार, छालारोग, मुटुरोगलगायत सेवाहरु प्रदान गरिएको थियो ।


यसै अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम, श्री भैरव गण र मगरगाउँ माध्यमिक विद्यालयका विद्यार्थीहरु बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, कृषि सम्बन्धि परामर्श सेवाको समेत आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली सेनासम्बन्धि वृत्तचित्र पनि देखाइएको थियो ।
शिविर तथा सांस्कृतिक कार्यक्रममा कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल स्याङ्तान, गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ध्रुवप्रसाद घिमिरे, मगरगाउँ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान तामाङ, मगरगाउँ माविका प्रधानाध्यापक फूलध्वज लामालगायत स्थानीयहरुको बाक्लो उपस्थिती थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १० : ४३ बजे