६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कालोपत्रे गर्न माग राख्दै चापागाँउमा चक्काजाम


२६ बैशाख २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
२६ वैशाख ०७६, चापागाँउ । कालोपत्रे गर्ने भन्दै राम्रो सडक भत्काएर २ वर्षसम्म अलपत्र परेसिछ चापागाँउबासी आन्दोलित भएका छन् । राजधानीको बौद्धमा सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयबासी विरोधमा उत्रैकै दिन चापागाँउका सथानीयबासी पनि सडकमा निस्केका हुन् । एक स्थानीयका अनुसार विहीबार चापागाँउ सडक आशिंक बन्द गरिएको थियो ।
धुलो धुँवा विरुद्ध सावधान, हाम्रो सवास्थ्यका लागि जनजागरण अभियान हजुरहरुको साथ सुझाव संकलन स्थल भन्ने पम्पेट राखेर बाटो बन्द गरिएको थियो ।


सडक विस्तार गर्न लामो समय लाग्ने अवस्थालाई ध्यान दिदै तत्काल अस्थायी कालोपत्रे गर्न माग राख्दै शुक्रबार विहान ८ बजेबाट १० बजेसम्म सडक बन्द गर्ने जानकारी दिइएको छ । एक वर्षअघि चापागाँउ प्याङ्गगाँउका सथानीय बासिन्दाले स्थानीय सडकको धुलो धुँवाका कारण सास्ती खेप्नु परेको भन्दै सडक बन्द गरेपछि ५ सय मिटर सडक कालोपत्रे भएको थियो ।

प्याङ्गगाँउदेखि टाहाखेलसम्म सडक छेउ रहेका घरहरुको क्षतिपूर्ति दिएर भत्काई सडक कालोपत्रे गर्ने आश्वासन दिए पनि काठमाडौं उपत्यका विकाश प्राधिकरणले बजेट नभएको र क्षतिपूर्ति स मुआव्जा विवाद अदातलमा विचाराधिन रहेको भन्दै भन्दै क्षतिपूर्ति दिएको थिएन । अहिले अदालतले पिडितलाई क्षतिपूर्ति दिने पक्षमा फैसला गरेपछि काम भने अद्दिघ बढेको छैन ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  ११ : १० बजे