१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘माझखण्ड केवुलकार दक्षिण ललितपुरकै लाइफलाइन’


२८ बैशाख २०७६, शनिबार  

0
Shares


लपु संवाददाता

२८ वैशाख ०७६, चापागाँउ । माझखण्डमा केवुलकार निर्माणका लागि डेस्टिनेशन माफखण्डले शनिबार चापागाँउमाआयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले दक्षिणललितपुरको विकाशका लागि केवुलकार लाइफलाइन सिद्ध हुने विषयमा जोड दिएका छन् ।
सासंद नवराज सिलवालले आफू पनि माझखण्डको शान्त वातावरणमा जग्गा किनेर बस्न चाहेको वताए । सिलवालले भने,‘केवुलकार बनेपछि यहाँ होटल रिर्सोट खुल्छन् । आफै विकाश हुन्छ गाँउलेको लागि रोजगारी खुल्छ ।’ सिलवालले अगाडि भने,‘सरकारले पर्यटकीय पुर्वाधार बनाउछ । नीति क्षेत्रले व्यावसायिक प्रोजेक्ट बनाएर लाभ लिन सक्ने सक्छ ।’
प्रदेश सासंद चेतनाथ सञ्जेलले आजकल गाँउमा मान्छे बस्ने प्रवृती घट्दै गएकोमा यस्तै विकाशका पुर्वाधार बनाएर वसाई सराई रोक्न सक्ने तर्क गरे । उनले भने,’गाँउमा हामीलाई चाहिने आवश्यक कुरा भएन भने कोही बस्दैन । गाँउमा राम्रो पैसा कमाउने वातावरण बनाउन सके शहरबाट युवाहरु गाँउ फर्कनछन् ।’
कार्यक्रममा डेष्टिनेशन माझखण्डका अध्यक्ष गोपाल सञ्जेलले विभिन्न ४ किसिमको शेयर लगानीको मोडल सार्वजनिक गर्दै सथानीयबासीको सक्रियतामा केवुलकार निर्माण होस भन्ने चाहेको वताए । उनले भने,‘ हामीकहाँ व्यावसायीहरु लगानी गर्न आउन तयार छन् । तर हामी केवुलकारको लाभ स्थानीयहरु मिलेर लिन लिन चाहन्छौं ।’
पहिले नै बन्नु पर्ने केवुलकार ढिलै भए बन्न लागेका भन्दै वागमती गाँउपालिकाकी उपाध्यक्ष रञ्जना तिमस्सिनाले खुशी व्यक्त गरिन् । उनले भनिन्,‘गाँउपालिका केवुलकार बनाउन आवश्यक सहयोग गर्न तयार छ ।’ युवा नेता हरि दाहालले विकाशका परियोजनामा सरकारको दुरदर्शिता नहुदा काम गर्न कठीन छ । यो दक्षिण ललितपुरको पाइलट प्रोजेक्ट भएकोले सबैले सक्ने उनले सहयोग गर्न आह्वान गरे ।
स्थानीय महेन्द्र घिमिरेले दक्षिण ललितपुरमा जन्मिएका स्थानीयले अपनत्व लिने हो भने स्थानीय साधान श्रोतबाट केवुलकार बन्ने दावी गरे । उनले भने,‘दक्षिण ललितपुरमा जन्मेको र देश विदेशमा रहेका सवै एकजुट हुने हो भने हामी नै यो प्रोजेक्ट बनाउन सक्छौं ।’
स्थानीय मेदनाथ सापकोटाले केवुलकार दक्षिण ललितपुरको पर्यटन विकाशका लागि कोषेढुंगा सावित हुने विचार व्यक्त गरे । उनले भने,‘हाम्रो ठाँउको विकाश हामीले नै गर्ने हो । त्यसको लाभ लिने पहिलो हकदार पनि हामी नै हौं ।’

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  १२ : ४० बजे