६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सहमती अस्वीकार, बन्द खुलेन


३१ बैशाख २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
३१ वैशाख ०७६, ललितपुर । सडक विभागमा भएको सहमती आन्दोलनकारीले नमानेपछि चापागाँउ ठेचोमा ५ दिनदेखि बन्द खुल्न सकेन । मंगलबार विहान सडक विभागका महानिर्देशक केशव कुमार शर्माले धर्नामा सहभागी सथानीय बासिन्दाहरुलाई सम्बोधन गर्दै आजैबाट काम शुरु गरिने जानकारी गराएका उनले आन्दोलनकारीलाई सम्बोधन गर्दै भने,‘घरहरुको मुआव्जा नदिदा सडक बन्न सकेकोले सडक बनाउन नसकेको हो । अव तत्काल काम शुरु हुन्छ ।’ तत्कालै सडक सम्याएर गाडी गुड्न योग्य बनाउने र मुआव्जा वितरण गरेर सडक विस्तारपछि कालोपत्रे गर्ने बताएपछि धर्नामा सहभागीले पुन नारावाजी गरेका थिए ।
सहभागी मेयर गजेन्द्र महर्जनले बैठक सबै बसेर कुरा गर्दा केही समय काम गर्न लाग्ने अवस्था आएको बताए । उनले भने,सडकमा काम शुरु नहुन्जेल आन्दोलन नछोड्ने कुरामा मेरो पनि समर्थन छ । अव अहिले नै सडकमा ग्रेडर सहमती भएको छ ।’
ललितपुर १ का सासंद नवरनज सिलवनलले कालोपत्रेका लागि मन्त्रीसन्ग सहमती गर्न आजैबाट पहल गर्ने आश्वासन दिएका थिए । तर स्थानीय बासिन्दाले भने आश्वासन नमान्ने भन्दै कालोपत्रे नभएसम्म आन्दोलन नरोकिने भन्दै विभागबाट फर्किउका थिए । स्थानीय अनिल श्रेष्ठले ठेचोस्थित सिभिल होमबाट ग्रेडर सडकमा आएको तर काम गरी पुन फर्किएको पुष्टी गरे ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ५ : ३२ बजे