११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


गोदावरी सडक विस्तारको निर्णय, स्थानीय विरोधमा


९ जेष्ठ २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
९ जेठ ०७६, गोदावरी । गतवैशाख १० गते जिल्ला प्रशासन कार्यालयमा स्थानीय निकाय,प्रदेश सासंद र संद्दीय सासंद सहभागी बैठकले गोदावरी सडक विस्तारको निर्याय गरेपछि स्थानीय बासिन्दा विरोधमा उत्रेका छन् । सडक विस्तारको विषयमा भएको उक्त छलफलमा आफूहरुलाई सहभागी नगराइएको गोदावरी गैरन्यायिक सडक विस्तार पिडित संर्घष समितीका संयोजक पदम महर्जनले वताए । उनले भने, ‘सडक विस्तारबाट मर्का पर्ने हामी स्थानीयहरुको कुरा नसुन्दा समस्या झन् बढेको छ ।’
‘बैठकले मुआव्जा प्रकृयामा लैजाने निर्णय गरेको हो ।’ ललितपुर वडा नं. २८ का वडाध्यक्ष राजेश महर्जनले भने । उनका अनुसार खाली ठाँउमा काम अघि बढाउदै लैजाने निर्णय भएको छ ।
संघर्ष समितिले स्थानीय बासिन्दाहरुको घर र जग्गाको मुआव्जा नदिई सरकारले एकलौटी रुपमा सडक विस्तारको कााम गर्ने निर्णय गरेको भन्दै विरोधमा उत्रेका हुन् । सर्घष समितीले सर्वोच्च अदालतको फैसला अनुरुप स्थानीय बासिन्दाहरुको घर जग्गाको मुआव्जा दिएर मात्रै काम अघि बढाउन माग गरेका छन् ।
दुई वर्षअघि सातदोवाटोबाट हरिसिद्दि क्यान्सर अस्पतालसम्म सडक विस्तार गरिएको छ । त्यहाँबाट अघि सडक विस्तार गर्नका लागि संरचना भत्काउन लाग्दा स्थानीय बासिन्दाहरुको विरोध पछि काम अहिले सम्म रोकिएको छ । गोदावरी सडकअन्र्तगत हरिसिद्दिमा ५०÷६० वटा घर पुरै भत्किन्छि । १२० वटा जति घर भत्काउनु पर्ने अवस्था छ । स्थानीय बासिन्दाहरुको सरकारले दिएको क्षतिपूर्ति पनि कम भएको भन्दै गुनासो छ । सरकारले दिएको मुआव्जाले घर भत्काउनु कि बनाउनु पैसा पुग्दैन ।


हरिसिद्धि गैरन्यायिक सडक विस्तार पिडित संर्घष समितीका संयोजक पदम महर्जन सरकारले जवरजस्ती भत्काउन आए आफू लड्ने बताउछन् । सरकारले विना क्षतिपूर्ति विना मुआव्जा प्रहरी सेना लगाएर घर भत्काउन आए नसहने र आइलाग्ने माथि जाइलाग्ने उनको तर्क छ । ‘हामी पनि घरेलु हातहतियार लिएर जाइलाग्छौं कि मछौं कि माछौं ।’ उनी भन्छन् ।
सातदोवाटो गोदावरी सडक अन्र्तगत बाँडेगाँउमा ऐतिहासिक पुरातात्विक महत्वको सम्पदा पनि छन् । अन्य ठाँउमा क्षतिपूर्ति दिएर सडक विस्तार गरे पनि बाँडेगाँउमा सडक विस्तार गर्न कठीन हुने यहाँका स्थानीयहरु वताउछन् । एक स्थानीयले भने,‘सडक बनाउनु मात्रै विकाश होइन । मन्दिर भत्काएर परापुर्व कालदेखि चल्दै आएको पुराना संस्कार रितिरिवाज सबै मासेर विकाश हुँदैन । विनास हुन्छ ।’
नेवारी बस्तीबाट हाइवे लैजानु हुन्न भन्ने स्थानीयहरुको मत रहेको पाइन्छ । उनीहरुका अनुसार बस्तीबाट राजमार्ग लैजानु हुन्न । राजमार्गहरु बस्तीबाट टाढा रहनुपर्छ । ललितपुर वडा नं. २८ का वडाध्यक्ष राजेश महर्जन दिनको १० जनाले गाली गरिरहेको वताउछन् । उनी भन्छन् २०÷३० वर्षदेखिको जनताको अपेक्षा हामी तुरुन्तै पुरा गर्न सक्दैनौं ।
स्थानीय बासिन्दाहरु सडक विस्तार गर्न लामो प्रकृया लाग्ने र सडक विस्तार गर्दा धुलो धुवाको चपेटामा परिने हुँदा अहिले भएको सडक मर्मत गरेर मात्रै सडक विस्तार गर्न माग गरिरहेका छन् । स्थानीय जनप्रतिनिधिह्ररु पनि सडक मर्मत गरि दिन धेरै पटक सडक विभाग धाइरहेका छन् । विभागका कर्मचारी भने नियमले मिल्दैन भन्दै जनप्रतिनिधिको कुरा अटेर गरिरहेको महर्जन बताउछन् ।


राजधानीका सडक विस्तारका क्रममा अदातलमा विचारधिन मुद्दाका कारण पनि सडकको काम अघि बढाउन उल्झन आइलागेको जनप्रतिनिधिहरुको तर्क छ ।
स्थानीय निकायले सडक विस्तार गर्न अधिकार नभएको कारण पनि सडक विस्तारमा समस्या आइरहेको जनप्रतिनिधिहरुको भनाई छ ।
गोदावरीका स्थानीयहरु भने गरिसिद्दि बाडेगाँउको सडक विस्तार नभई गोदावरीमा सडक विस्तार गर्न नहुने भन्दै विरोधमा छन् । गोदावरी नगरपालिकाको वडा नं. ३ ले तत्कालका लागि स्थानीय बासिन्दाहरुको घर बासमा क्षति नपुग्ने गरि १६ मिटर सडक विस्तार प्रकृया अघि बढाएको मा सर्वोच्च अदातलको मुआव्दा दिने फैसला पछि काम रोकिएको छ ।


सडक विग्रेर धुलो धुवा हुँदा वडाले केही गर्न नसक्ने वडाध्यक्ष वालमुकुन्द घिमिरे वताउछन् । उनी भन्छन्, ‘हामी सँग श्रोत छैन । उठेको कर नगरपालिका जान्छ ।’
गोदावरीको सडक विस्तारका लागि मापदण्ड अनुसार १३५ वटा भत्काउनु पर्छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  १२ : ३२ बजे