११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी कुण्डको फोहोर पानी वितरण


१० जेष्ठ २०७६, शुक्रबार  

0
Shares

हाल पानी लगिएको खुला मुहान । तस्विरहरु ः ललितपुर खबर


लपु संवाददाता
१० जेठ ०७६,गोदावरी । गोदावरी कुण्डको फोहोर पानी स्थानीय बासिन्दालाई वितरण गरिएको पाइएको छ ।
गोदावरी कुण्डसँगै खुला ठाँउमा पोखरी बनाएर सिधै पाइप लगाएको देखिन्छ । मुहानमा पातपतिङगरलगायत फोहोर त्यतिकै फ्याकिएको देखिन्छ । केयुकेएलका कर्मचारी रमेश थापाका अनुसार गोदावरी कुण्डवरिपरि नुहाएको पानी पाइपबाट स्थानीय बासिन्दाको घर घर पुग्ने वताए । उनले भने, हामी सानो मान्छेले भनेको कसैले मान्दैनन् । जिम्मेवार व्यक्तिले रोक्ने भए रोकिन्छ ।
गोदामचौर, गोदावरीका सवै वडामा वितरण भइरहेको छ ।
‘पानी वितरणका लागि केही समयअघिसम्म कुण्ड नजिकैबाट पाइप राखेर लगिन्थ्यो । अहिले कुण्डमा पुर्ननिर्माण भएको हुँदा पाइप खुला ठाँउमा राखिएको हो ।’ थापाले भने ।
एक स्थानीयले फोहोर खानेपानी वितरण गरेको भन्दै ललितपुर खबरसँग भने,‘धारामा फोहोर पानी आउछ । हामी त्यही पानी खान्छौं ।’

कुण्ड पुर्ननिर्माण अघि पानी लैजान प्रयोग गरिएको पाइप ।


वडाध्यक्ष वालमुकुन्द घिमिरेले पहिले कुण्डमा नुहाउने भए पनि अव त्याहा नुहाउन नदिने बताए । उनले भने कुण्ड पुर्ननिमार्णपछि बाहिर धारा राखिन्छ । अव त्याहा कसैले पनि नुहाउदैन ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ९ : ५४ बजे