१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


चापागाँउमा चोरले खायो ‘घिउ र भात’


१६ जेष्ठ २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
१६ जेठ ०७६, टाहाखेल । चापागाँउ टाहाखेलमा बुधबार राती चोरी भएको छ । टाहाखेल न्यौपानेगाँउस्थित केदार कठेतको घरमा पसेर ४ वटा चरेसको थाल चोरेको एक स्थानीयले बताए । उनले भने,‘एक घरमा पसेर राती ध्यु र भात खाएको भेटियो ।’
महानगरिय प्रहरी वृत्त चापागाँउका डिएसपि राजकुमार खिउजुले ३ वटा घरमा चोर पसेको पाइएको जानकारी दिए । स्थानीय पसलमा पनि चुकुल फोरेर पसेको थियो । खिउजुले भने, ‘पसलबाट ३ हजार पैसा लगेछन् ।’ धेरै वटा घरमा चोर पसेको भए पनि खासै सामान लगेको भेटिएन । उनले भने ।
टाहाखेलमा एक बुधबार दिउसो घरमा बस्दा पस्दै गरेको अवस्थामा दुई युवाहरु भेटिएका थिए । सथानीय बासिन्दाले पक्रन लाग्दा ती युवाहरु भागेको एक स्थानीयले बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  ८ : ५० बजे