१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विद्यालयमा शुल्क निर्धारण भएन


२७ जेष्ठ २०७६, सोमबार  

0
Shares


२७ जेठ ०७६,ललितपुर । ललितपुरका विद्यालयहरुमा शुल्क निर्धारण हुन नसक्दा अविभावकहरुलाई चर्को शुल्क तिर्नु पर्ने अवस्था आएको छ ।
केन्द्र सरकारले शिक्षा ऐन ल्याउन ढिलाई भएपछि यस्तो समस्या आएको हो । ऐन प्रदेश र स्थानीय निकायले पनि ल्याउनु पर्छ । ऐनमा भएका प्रावधान नबाझिउन् र नदोहोरिउन् भन्ने अभिप्रायले स्थानीय निकायहरुले ऐन नबजाएको वताउदै आएका छन् ।
ललितपुर महानगरपालिकाका १८२ वटा, गोदावरीभित्र ३६ वटा र महालक्ष्मी नगरपालिकामा ४२ वटा संस्थागत विद्यालय छन् । दक्षिण ललितपुरभित्र अन्य दुई वटा वाग्मती र कोञ्ज्योसोम गाउँपालिकामा भने हालसम्म एउटा पनि संस्थागत विद्यालय स्थापना भएका छैनन् ।
आर्थिक वर्ष २०७६÷७७ मा विद्यालयहरुलाई क,ख ,ग र घ गरि ४ श्रेणीमा बर्गीकरण गरेर शुल्क निर्धारण गर्ने योजना महानगरपालिकाले गरेको छ ।
गोदावरी नगरपालिकाले पनि ‘क’ देखि ‘ग’ सम्मको तीन श्रेणीमा विभाजन गर्ने योजना अघि सारेको छ ।
महालक्ष्मी नगरपालिकाभित्रको संस्थागत विद्यालयमा शुल्क निर्धारणको कुरा बैठकमा अघि बढाएको नगरपालिका शिक्षा बढाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार  ११ : २२ बजे