१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


छात्रावासको अभाव, विद्यार्थी समस्यामा


३१ जेष्ठ २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
३१ जेठ ०७६,प्युटार ।
दक्षिण ललितपुरको प्युटारस्थित कालिदेवि माविमा प्रविधिक शिक्षा शुरु भएपछि विद्यार्थीको चाप बढेको छ । गाँउको विद्यालय भएको हुँदा विद्यार्थीहरुलाई बस्ने ठाँउको अभाव देखिएको छ ।
शिक्षक ज्योति घिमिरेका अनुसार प्युटार बजार क्षेत्रमा १ हजार ८ सयदेखि २ हजारसम्म कोठा पाइन्छ । । उनले भने,‘गाँउ भाडा महँगो छ । ट्वाइलेटलगायतको राम्रो सुविधा छैन ।’
प्रधानाध्यापक ठाकुर लामाले स्कूलमै छात्रावास सुविधा भए सस्तोमा विद्यार्थीहरुलाई कोठा दिन सकिने वताए । उनले भने,‘स्कूलमै छात्रावास भए गाँउका गरिव विद्यार्थीहरुले पनि पढ्ने बातावरण बन्थ्यो ।’ १० कोठासम्मको छात्राबास आवश्यक रहेको उनले वताए ।
प्युटारबाहेक ललितपुर र मकवानपुरका शिखरपुर ठिगन,इपा,मञ्थलीलगायतका विद्यार्थीहरु यस स्कूलमा प्राविधिक विषय पढ्न आएका छन् । प्राविधिक शिक्षा पढ्ने ३५ जना विद्यार्थीमध्ये १८ जना प्युटार बाहिरबाट पढ्न आएका प्रधानाध्यापक ठाकुर लामाले बताए । उनले भने,अहिलेको अवस्था हेर्दा आउदो वर्ष विद्यार्थी संख्या बढ्ने निश्चित छ । हामी अर्को वर्ष कक्षा १० पनि पढाउन शुरु गर्छौ ।
यस विद्यालयमा वाली विज्ञान विषय २ जान शिक्षकले पढाई रहेका छन् । कक्षा ९ बाट शुरु हुने यो विषय कक्षा १२ सम्म पढ्न मिल्छ । कक्षा १२ पुरा गरेपछि विद्यार्थीले स्कूलको शिक्षा पुरा गर्छ भने जेटिए भएर निस्किन्छ । वाली विज्ञान लिएर पढ्ने विद्यार्थीले कक्षा १२ पास गरेपछि जुनसुकै विषय लिएर पढ्न पाउछ ।

प्राविधिक विषयमा ४ वटा नियमित विषयहरु गणित, नेपाली, विज्ञान र अंग्रेजी ४ सय पूर्णाङ्क हुन्छ भने ६ सय पूर्णाङ्क प्राविधिक विषयतर्फ हुन्छ । दक्षिण ललितपुरमा प्युटार र शंखुमा मात्रै प्राविधिक शिक्षा पढाई हुन्छ । शंखुको मगरगाँउमा केही वर्षअघिबाट शुरु भइसकेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार  ९ : ११ बजे