१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मच्छिन्द्रनाथको रथ प्रर्दशनीमा


८ असार २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
८ असार ०७६, पाटन । पाटन दरवार परिसरमा रहेको पाटन सङ्ग्रहालयले मच्छिन्द्रनाथको रथ प्रदर्शनीमा राख्ने भएको छ । पाटन दरवार विकाश समितीको आयोजनामा गरिने यो
प्रदर्शनी साउन २६ गतेसम्म जारी रहनेछ ।
पाटनको कला र संस्कृतिलाई जनस्थरमा पु¥याउन प्रदर्शनी गर्न लागिएको पाटन सङ्ग्रहालय प्रमुख सुरेशमान लाखेले जानकारी दिए ।
लाखेले रथ निर्माणका लागि विभिन्न सामग्री संकलन गरेर प्रर्दशनीको तयारी पुरा गरिएको जानकारी दिए।
प्रर्दशनी स्थलमा रथको अघिल्तिर राखिने हाग्रीभ भैरव पनि प्रर्दशित हुनेछ । ठूलो आकारको यो भैरवको काठ टुक्रा पारेर प्रर्दशनी स्थलमा पु¥याइएको लाखेले जानकारी दिए ।

प्रोफेसर ग्रुटेले ४० खिचेको ४० वर्षअघि देखिका मच्छ्रिन्द्रनाथको जात्राको २० वटा तस्विर पनि प्रर्दशनी गरिने छ । कार्यक्रमको उद्घाटन कार्यक्रममा मृदगा भजन सुनाउने योजना पनि रहेको छ । प्रर्दशनीको उद्घाटन शताव्दी पुरुष सत्यमोहन जोशीले गर्नेछन् ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ७ : ४४ बजे